वर्षमान पुनको आग्रह : संक्रमणकालीन न्याय टुंग्याउन सबै दल एक ठाउँमा उभिऔँ
फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू टुंग्याउन सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष तहमा एक किसिमको सकारात्मक छलफल भएको बताए । पुनले अन्तर्राष्ट्रिय समर्थन रहने उद्घोष भएकाले सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै एकै ठाउँ आएको बताए । 

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू पीडितमैत्री बनाइ टुंग्याउनुपर्ने बताए । पुनले सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढे पीडितलाई न्याय दिएर संक्रमणकालीन न्याय टुंग्याउन सकिने बताए । 

‘शान्ति प्रक्रियाका बाँकी काम संक्रमणकालीन न्यायसँग सम्बन्धित काममा हामी अलिकति अघि बढेका छौँ । त्यसमा अन्तर्राष्ट्रिय समर्थन रहने जो उद्घोष भएको छ । त्यसमा सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै नै एक ठाउँ नजिक आउँदै गरेका छौँ । यद्यपि विधेयक अहिले पनि समितिमा छ । त्यसमा सहमतिको प्रयत्न भएको छ,’ पुनले भने, ‘सहमति किन बन्न सकेन भन्ने सबैलाई थाहा छ । पीडितमैत्री बनाउनुपर्छ । भन्ने सबैलाई थाहा छ । द्वन्द्वरत पार्टीहरू सबै बसेका छौँ, सबैसँगै चुनाव लडेका छौँ । पार्टी एकता पनि गरेका छौँ । तर, पीडितहरू आज पनि प्रश्न छ रु सबै एउटै बसेर एकले अर्कोलाई मान्ने तर पीडितले किन न्याय नपाउने भन्ने छ ? यो सबैलाई प्रश्न हो, दल विशेषलाई मात्रै होइन । यसमा सबैले सहकार्य गरेर पनि जानुपर्छ ।’ 

उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन थप पहल गर्नुपर्ने आवश्यकता रहेको बताए । 





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार १४:०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया