देश टाइटानिक डुबे जसरी डुबिरहेको छ : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले यो देश टाइटानिक डुबे जसरी डुबिरहेको बताएका छन् । 

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश टाइटानिक डुबे जसरी डुबिरहेका भन्दै यसका चालकले नै विदेशी इन्सोरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको बताए । 

‘यो देश टाइटानिक डुबे जसरी डुबिरहेको छ । यो डुबाउने अरू कोही होईन्, यसका चालक नै हुन्, उनले भने, ‘ जसले विदेशी इन्सोरेन्सको पैसा आउँछ भनेर यो देशलाई डुबाइरहेका छन् । उनीहरू आफू भने सुरक्षित रूपमा बसिरहेका छन् । जनताले यो कुरा बुझ्नुपर्छ ।’ 

उनले सदनमा एउटै कुरा महिनौँसम्म उठाउँदा पनि सरकारले यसलाई सम्बोधन गर्न नसकेको भन्दै हामीले चाहेको सांसद यही हो भन्दै प्रश्न उठाएका छन् । 

उनले भने, ‘यो संसद व्यवस्थाको नियोगको रूपमा रहेको छ । यो पूर्ण रूपले निष्प्रभावी नै रहने हो भने यसले व्यवस्थामाथि नै प्रश्न चिह्न उठाउने आधार रहेका छन् । हामीले चाहेको संसद यस्तै हो, जहाँ माननीयज्यूहरूले महिनौँसम्म एउटै कुरा उठाएर बस्ने, तर सरकारले सुन्दै नसुन्ने, हामीले खोजेको संसद यस्तै हो ? यसकारण हामी सोच्न बाध्य छौँ, यो संसदमा लोकतन्त्र कहाँ छ, यसको गरिमा कहाँ छ, त्यो प्रश्न गर्न म विवश छु ।’ 

यस्तै, उनले सांसदले गरेको कुनै निर्णय संशोधन र पारित नभएको भन्दै त्यसको निर्णय अँध्यारो कोठामा तीनजना नेता बसेर मात्रै हुने बताए । 



उनले भने, ‘तपाईंहरू छातीमा हात राखेर भन्नु तपाईंहरूले गरेको कुन निर्णय यहाँ भएको छ, कुन संशोधन यहाँ भएको छ, के पारित हुने, कुन विधेयक पास हुने हो, कुन कुरा निर्णय हुने हो, त्यो एउटा अँध्यारो कोठामा तीनजना नेता बसेर निर्णय गर्छन् । त्यो नेताहरु सार्वभौमसत्तासम्पन्न भयो कि यो संसद भयो, यस्तै, खालको संसद चल्ने हो भने यो व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार छन् ।’



  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार १८:१५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया