भूकम्पपीडितलाई बुद्ध एयरले एक करोड दिने

बुद्ध एयरले कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको छ । 

बुद्ध एयरले शनिबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको हो। 

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा गरी कम्ती एक सय २८ जनाले ज्यान गुमाएका छन्। 

शनिबार बिहान अत्यवश्यक सामाग्री तथा स्वास्थ्यकर्मीहरुको टोली लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा गएका छन्। 

उनले त्यहीबाट सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रलाई सहयोग गर्न अपिलसमेत गरेका छन्। 





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १६:१७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया