बर्नमाउथको पोस्टमा सिटीको ६ गोल, उक्लियो शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई ६–१ गोल अन्तरले हराएको छ । गएराति सम्पन्न खेलमा सिटीको जितमा बर्नाडो सिल्भाले २, जेरेमी डोकु, मानुएल आकान्जी, फिल फोडेन र नेथन आकेले समान एक/एक गोल गरे ।  

सिटीलाई जिताउनेक्रममा डोकुले एक गोलका साथै ४ असिस्ट प्रदान गरेका हुन् । बर्नमाउथका लागि लुइस सिनिस्टेराले एक गोल फर्काए । 

यो जितपछि सिटी ११ खेलमा २७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । बर्नमाउथ भने ६ अंकसहित १७औँ स्थानमा छ । 
 






  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार ७:२३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया