वैज्ञानिकले प्रयोगशालामा बनाए मिनी ब्रेन !

एजेन्सी– वैज्ञानिहरुले बेलायतमा प्रयोगशालामा मिनी ब्रेन (मस्तिष्क) बनाएका छन् । यसलाई मांशपेशीहरुमा राख्न पनि सकिने वा हाम्रो स्पाइनल कर्डमा पनि जोड्न सकिने वैज्ञानिकहरुले दाबी गरेका छन् । यसलाई स्ट्रोक तथा मोटोर न्युरोनसँग सम्बन्धित बिरामीका लागि ठूलो उपलब्धि मानिएको छ ।

यसलाई टेस्ट गर्न जनावरहरुमा यसलाई जोडिएको थियो । क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ता म्याडलिन लंकास्टरले अहिलेसम्म यो मिनी ब्रेनले अत्यन्त राम्रो काम गरेको र यसमाथि अझै रिसर्च भइरहेको बताएका छन् । यो गर्भमा रहेको १२ हप्ताको बच्चाको जस्तै दिमाग भएको ती शोधकर्ताले बताएका छन् । यदि यसरी प्रयोगशालामा नै मस्तिष्क बन्न सक्यो भने विज्ञानको दुनियाँमा यसलाई ठूलो उपलब्धि मानिने पनि ती शोधकर्ताले बताएका छन् ।





  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार ८:५५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया