साबिक विजेता म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित योङ ब्वाइजलाई ३–० ले हराउँदै सिटी प्रिक्वार्टरफाइलनमा प्रवेश गरेको हो ।
घरेलु मैदान इत्तिहादमा भएको खेलमा सिटीको जितमा एर्लिङ हालान्डले दुई र फिल फोडेनले एक गोल गरे । समूह ‘जी’ मा सिटीले चार खेलबाट चार जितसहित १२ अंक छ ।
आरबी लाइपजिगको ९ तथा रेड स्टार र योङ ब्वाइजको समान एक अंक छ । राति नै भएको समूहको अर्काे खेलमा आरबी लाइपजिगले रेड स्टारलाई २–१ ले हरायो । अब सिटीले २५ नोभेम्बरमा चिरपरिचित लिभरपुलको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।