सिंहदरबारको नयाँ कार्यालयमा सरे प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारको नयाँ कार्यालयमा सरेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्ड सिंहदरबारको पश्चिमतर्फको २०७२ मा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर बनाइएको कार्यालयमा सरेका हुन् ।

नयाँ कार्यालयमा सरेपछि प्रधानमन्त्री प्रचण्डले ठाउँ मात्र सारिएको नभएर कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढङ्गले जाने सङ्कल्प त्यसभित्र रहेको महसुस गरेको बताए । उनले भने, ‘यो ठाउँ मात्र सारिएको होइन । कामको प्रकृति र गुण पनि अब नयाँ ढङ्गले जाने सङ्कल्प यसभित्र रहेको मैले महसुस गरेको छु ।’

प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट क्षति भएको १२० वर्ष पुरानो भवनको मूल संरचनालाई कायमै राखेर रेट्रो फिटिङ गरिएको जानकारी दिए । उनले नयाँ कार्यालयमा आउँदा सबैतिर देखिने, ठाउँ पनि ठूलो भएको कारणले अलि बढी दिमाग फुर्छ होला भन्ने महसुस गरेको बताए । 

उनले भने, ‘१२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचनालाई जस्ताको त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रो फिटिङ पूरा गरेर सरेका छौँ । मलाई कता कता अहिले बसेको ठाउँमा बस्दा गुम्म परेको जस्तो, त्यति फ्रेस नहुनेजस्तो लाग्थ्यो । यो ठाउँमा आउँदा सबैतिर देखिने, स्पेस पनि ठूलो, सबै कारणले अलि बढी फुर्छ होला दिमाग भन्ने महसुस गरेको छु ।’





 

  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार १३:५०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया