उत्तर कोरियासँगको सैन्य सम्झौता आंशिक निलम्बन गर्ने दक्षिण कोरियाको निर्णय

दक्षिण कोरियाले सन् २०१८ को अन्तर–कोरियाली शिखर सम्मेलनपछि भएको लोकतान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपीआरके) सँगको सैन्य सम्झौता आंशिकरूपमा निलम्बन गर्ने निर्णय गरेको छ । 

बुधबार आंशिकरूपमा निलम्वित अन्तर–कोरियाली सैन्य सम्झौतालाई सियोलमा दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सूको अध्यक्षतामा भएको आकस्मिक मन्त्रिपरिषद् बैठकमा अनुमोदन गरिएको थियो । निलम्बित प्रभावकारिताको साथ, दक्षिण कोरियाले दुई कोरियालाई विभाजन गर्ने सैन्य सीमांकन रेखाको वरिपरि डिपीआरके बिरुद्धको निगरानी कार्यहरू पुनः स्थापित गर्नेछ । 

अप्रिल २०१८ मा, तत्कालीन दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन र शीर्ष डिपीआरके नेता किम जोङ उनले पानमुनजोम गाउँमा भेट गरेका थिए । पानमुनजोम घोषणामा हस्ताक्षर गरेका थिए । त्यसपछि सेप्टेम्बर २०१८ मा प्योङयाङमा संयुक्त घोषणापत्रमा हस्ताक्षर गरिएको थियो । 





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार ९:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया