मृत भेटिएका दुई व्यक्तिको अझै हुन सकेन पहिचान

भरतपुर महानगरपालिका–१२ मिलन चोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन । यही मंसिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भटमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लामासमेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो । 

सनाखत हुननसकेका शव कल्भटमुनि दुई वटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ । 





  • प्रकाशित मिति : मंसिर १०, २०८० आइतबार १४:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया