फिल्म ‘१२ गाउँ’ निर्माण गर्ने विराज भट्टको घोषणा

अभिनेता विराज भट्टले नयाँ फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् । 

पोस्टरको पृष्ठभूमिमा गाउँलाई चित्रित गरिएको छ । विराज स्वयंको निर्देशन रहने फिल्म एक्सन–थ्रिलर कथामा बन्नेछ । चलचित्र विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो । 

विराजले यसअघि फिल्म ‘साङ्लो’ आफैंंले निर्देशन गरेका थिए । फिल्ममा उनकै मुख्य भूमिका थियो । ‘साङ्लो’ ले घरेलु बक्स अफिसमा सन्तोषजनक व्यापार भने गर्न सकेन ।  





  • प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार ११:३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया