बालकृष्ण खाणलाई कांग्रेसले गर्‍यो सम्मान
फाइल तस्बिर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा  पूर्वमन्त्री बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थुनामा रहेका खाँणलाई कांग्रेसले सम्मान गरेको हो । 

पहिलो लुम्बिनी प्रदेश सम्मेलनका अवसरमा शनिबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा उनलाई सम्मान गरेको हो । सम्मेलनका प्रमुख अतिथि तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बालकृष्ण खाँणको सम्मान पत्र उनका भाइ तथा रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरे । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले उनलाई गत वैशाख २७ गते निवासबाटै उनलाई पक्राउ गरेको थियो । उच्च अदालत पाटनले उक्त प्रकरणमा हालै ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर गर्दा खाणका हकमा भने दुई न्यायाधीशबीच राय बाझिन पुगेको थियो । 

न्यायाधीशबीच नै राय बाझिँदा  खाण थुनामै रहेका छन् ।   





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार ११:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया