भारतमा विधानसभा निर्वाचन : कहाँ कसको अग्रता ?

भारतमा विधानसभा निर्वाचनमा आज  बिहानदेखि चार राज्यको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार तीन राज्यमा भारतीय जनता पार्टी (भाजपा) ले अग्रता बनाएको छ ।

भापाले मध्यप्रदेश, राजस्थान, तेलंगाना र छत्तीसगढ राज्यको विधानसभा निर्वाचनको मतगणनामा अग्रता लिएको हो । ​भाजपाले तेलंगानाबाहेक तीन वटै राज्यमा बहुमत सिटमा अग्रता बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।    

मतगणनाको पछिल्लो विवरणअनुसार मध्यप्रदेशमा भाजपा एकल बहुमततर्फ अग्रसर देखिन्छ । २३० सिट रहेको विधानसभामा बहुमतका लागि कम्तीमा ११६ सांसद आवश्यक पर्दछ । तर, भाजपाले १६४ सिटमा अग्रता बनाएको छ । यस्तै, कांग्रेस आईले ६३ र अन्य दलले ३ सिटमा अग्रता बनाएका छन् । 

राजस्थानमा पनि कांग्रेस आईले आफ्नो प्रभाव कायम राख्न सकेन । १९९ सिट रहेको विधानसभामा बहुमतका लागि कम्तीमा १०० सांसद आवश्यक पर्दछ । तर, राजस्थानमा जारी मतगणना अनुसार भाजपाले ११३ सिटमा अग्रता लिँदा कांग्रेस आई ६९ सिटमा अग्रता कायम गर्न सफल भएको छ ।

छत्तिसगढमा समेत भाजपाले बहुमत सिटमा अग्रता बनाएको छ । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार ९० सिट रहेको छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपाले ५३ सिटमा अग्रता लिएको छ । यहाँ कांग्रेस आईले ३४ र अन्य दलले ३ सिटमा अग्रता बनाएका छन् ।  

११९ विधानसभा सिट रहेको तेलंगानामा भने कांग्रेस आईले ६६ सिटमा अग्रता लिएको छ । यस्तै, भारत राष्ट्र समितिले ३८, भाजपाले ९ र अन्यले ६ सिटमा अग्रता बनाएका छन् ।    





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार १४:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया