दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा नेपाल पहिलो

सातौँ दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा नेपालले  २९ स्वर्णपदक जितेको छ । सर्वाधिक स्वर्णपदकसहित नेपाल च्यम्पियन बनेको हो । 

आइतबार नेपाल कराते महासंघद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजित प्रतियोगितामा नेपालले थप २६ रजत र ६ कास्य पनि जित्यो।

दोस्रो स्थानमा रहेको भारतले २५ स्वर्ण, २२ रजत र १७ कास्यपदक जितेको छ । तेस्रो स्थानमा रहेको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्यपदक जित्यो । 

त्यस्तै पाकिस्तान ४ स्वर्ण, १ रजत र १९ कांस्यपदक जितेर चौथो स्थानमा छ । २ स्वर्ण, ८ रजत र २९ कांस्यसाथ श्रीलंका (एनओसी) टिम पाँचौँ तथा २ कांस्यसाथ भुटान छैटौँ भए।

दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य–सचिव युवराज लामा, कराते महासंघका महासविच दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार २२:२५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया