भारतलाई उछिन्दै करातेमा नेपाल च्याम्पियन, जित्यो २९ स्वर्ण

नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको छ । नेपालले थप २६ रजत र ६ कांस्यपदक पनि जित्यो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्यसाथ दोस्रो भयो । 

नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पार्‍यो । 

त्यस्तै, ४ स्वर्ण, १ रजत र १९ कांस्यसाथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कांस्यकासाथ श्रीलंका (एनओसी) टिम पाँचौं तथा २ कांस्यका साथ भुटान छैटौं भए ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य–सचिव युवराज लामा, कराते महासंघका महासविच दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए ।





  • प्रकाशित मिति : मंसिर १८, २०८० साेमबार ८:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया