नेपालका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड

नेपालका १२ वर्षिय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जितेका छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै युवा समूहको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जितेका हुन् । 

स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टलिजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका छन् ।

यस कार्यक्रममा नेपालसहित भारत, मलेसियालगायत देशका बालबालिका सहभागी भएका थिए । प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रवर्द्धनसमेत गरेका थिए । आरुषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड आकर्षक आभा ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनलको उपाधि हासिल गरेकी थिइन् । 

प्रतियोगितामा बालबालिकासँगै  अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी हुन् ।

यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्घारा काठमाडौंमा आयोजित ‘किड्डी फेस अफ द इयर २०२३’ का सिनियर केटा समूहको उपाधि हासिल गरेका थिए भने एल्भिरा ‘लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३’ की विजेता हुन् ।





  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार १५:२१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया