‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत

चलचित्र ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ । निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको सो चलचित्र गत कात्तिक २४ गतेदेखि प्रदर्शनमा आएको हो । 

चलचित्र ‘लुट’मार्फत निर्देशनमा उदाएका निर्देशक बस्नेतालाई नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने निर्देशकका रूपमा लिइन्छ । 

चलचित्रका निर्मातामध्येका एक रौनकविक्रम कँडेलले चलचित्रले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको  बताए । ‘चलचित्रलाई दर्शकले नै सिफारिस गर्नुभएपछि चलचित्र सफल भएको हो । यसको घरेलु व्यापारसँगै विदेश भइरहेको प्रदर्शनले हामी खुसी छौँ,’ निर्माता कँडेलले भने । 

निर्देशक बस्नेतले आममानिस र शक्तिमा रहेको मानिसबीचको भिन्नतालाई चलचित्रमा देखाउने कोसिस गरेको जानकारी दिए । ‘म आममानिसकै कथा भन्न रुचाउँछु । त्यसैले गर्दा केही ढिलाइ भयो होला, तर त्यो तयारीको समय थियो,’ निर्देशक बस्नेतले भने, ‘मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ । यसपटक पनि त्यही प्रयास गरेँ । देशको परिस्थितिले एउटा सरल जीवन चाहने आममानिसको दिमाग खराब गरिरहेको सन्दर्भ चलचित्रमा छ ।’

चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाइएको उनले बताए । चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायत कलाकारको अभिनय छ ।





  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार २१:२४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया