बच्चा जन्माउन अमेरिका पुगे रेखा दम्पती

राप्रपा नेत्री एवं अभिनेत्री रेखा थापा अमेरिका प्रस्थान गरेकी छिन् । अमेरिकामा सन्तान जन्माउने योजनासहित उनी पति बलराम शाहीसहित शुक्रबार अमेरिका पुगेकी हुन् । 

शनिबार अमेरिकाबाटै रेखाले श्रीमान बलरामको जन्मदिन मनाएको तस्बिर सार्वजनिक गरेकी छिन् । अमेरिकामा ‘बेबी प्लान’ आफ्नो भन्दा पनि श्रीमानको चाहना रहेको रेखाको दाबी छ । 

बुधबार राति अमेरिका उडेका रेखादम्पतीले सोही दिन ‘प्रेगनेन्सी फोटोसुट’ गरेका थिए । रेखाका श्रीमानको परिवार अमेरिका बस्दै आएको छ । 

रेखाले आगामी माघमा बच्चालाई जन्म दिँदै छिन् । अमेरिकामा बच्चा जन्माएर नेपाल फर्किएपछि नेपाल फिल्म र टेलिभिजन रियालिटी सोमा काम गर्ने याजना रहेको रेखाले बताएकी छिन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार २०:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया