साहित्यकार खरेललाई अमूल्य राष्ट्रिय कलाश्री सम्मान

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले २०८० सालको अमूल्य राष्ट्रिय कलाश्री सम्मान गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई प्रदान गर्ने निर्णय गरेको छ । 

त्यसैगरी, प्रतिष्ठानले राष्ट्रिय कलाश्री पुरस्कारबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि कृसु क्षेत्री, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार चित्रकार सम्झना राजभण्डारीलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । 

त्यसैगरी बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यपोस्ट अनलाइनका प्रधान सम्पादक अश्विनी कोइरालालाई र पद्यनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार युवा संगीतकार तथा गायक सन्तोष श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

सम्मान र पुरस्कार अर्पण समारोह आगामी माघको अन्त्यतिर काठमाडौंमा आयोजना गरिने छ । प्रतिष्ठानले विगत १५ वर्षदेखि निरन्तर रूपमा साहित्य, संगीत, ललितकला र पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई राष्ट्रिय कलाश्री सम्मान र पुरस्कारले सम्मानित गर्दै आएको छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार २३:१४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया