अर्जुन कुमालले तोडे दीपेन्द्र सिंह ऐरीको कीर्तिमान

नेपाली यू–१९ क्रिकेट टिमका ओपनिङ ब्याटर अर्जुन कुमालले इतिहास रचेका छन् । उनले एसिसी यू–१९ एसिया कपको इतिहासमा सर्वाधिक ठूलो पारी खेल्ने नेपाली ब्याटर बन्दै इतिहास रचेका हुन् । 

अर्जुनले यो उपलब्धि आइतबार अफगानिस्तानविरुद्धको खेलमा हासिल गरे । उनले यस खेलमा १०८ बलमा १३ चौकाको मद्दतमा ९१ रनको इनिङ खेले । यसअघि एसिया कपमा उच्च स्कोर बनाउने नेपाली ब्याटरको रेकर्ड दीपेन्द्र सिंह ऐरीको नाममा थियो । 

उनले सन् २०१६ को यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध ९० रन बनाएका थिए । अर्जुनले कीर्तिमान बनाएको खेलमा नेपाल भने ७७ रनले पराजित भयो । यो हारसँगै नेपालको सेमिफाइनल यात्रा निकै कठिन बनेको छ ।

सेमिफाइनलमा स्थान बनाउन अब नेपालले भारतविरुद्ध फराकिलो जित निकाल्नुपर्नेछ । साथै, नेपालले अफगानिस्तानको फराकिलो हारको पनि कामना गर्नुपर्नेछ । अफगानिस्तानले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्ने तालिका छ । 
 






  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार १२:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया