भारतको मध्यप्रदेशको मुख्यमन्त्रीको टुंगो लागेको छ । हालै भएको विधानसभा चुनावमा एकल बहुमत ल्याएको भाजपाले सोमबार मुख्यमन्त्रीको टुंगो लगाएको हो । भाजपाले एक हप्ता लामो छलफलपछि मोहन यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश भाजपा संसदीय दलको बैठकले यादवको नाममा निर्णय गरेको हो । यादव उज्जैन दक्षिणबाट सांसद निर्वाचित भएका हुन् । उनी तेस्रोपटक विधानसभा सदस्य बनेपछि मुख्यमन्त्री बन्ने भएका हुन् ।
सो प्रदेशको मुख्यमन्त्रीका लागि हालका मुख्यमन्त्री शिवराज चौहान, कांग्रेस आई त्यागेर भाजपा प्रवेश गरेका ज्योतिराद्त्य सिन्धियालगायत चर्चित नेता आकांक्षी थिए ।
अघिल्लोपटकको विधानसभा चुनावपछि कांग्रेसले मुख्यमन्त्री नबनाएपछि सिन्धिया कांग्रेस आई त्यागेर भाजपामा लागेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।