नर्सदेखि प्राविधिकसम्म सेनाले माग्यो कर्मचारी [विज्ञापनसहित]

नेपाली सेनाले मेडिकल,हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि आज १ सय २५ जना कर्मचारी माग गरेको छ । शुक्रबार सेनाले एक सूचना प्रकाशित गर्दै हवाई सेवा,मेडिकल,प्राविधिकलगायत विविध पदमा १ सय २५ जना कर्मचारी मागेको छ । 

मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना,सैनिक ब्यान्डतर्फ १४ जना, मर्मततर्फ १२ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी चाहिएको शुक्रबार पत्रिकामा सूचना प्रकाशित गर्दै सेनाले जनाएको छ । 

उल्लेखित पदहरूमा काम गर्न इच्छुक र योग्यता पुगेकाहरूले सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गते भित्र दरखास्त दिनुपर्ने उल्लेख छ । सेनाले आवेदन दिँदा पदअनुसार फरक फरक दरखास्त शुल्क तिर्नुपर्ने जनाएको छ ।

हेर्नुहोस् विज्ञापन :


 





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार ८:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया