नक्कली भुटानी शरणार्थी प्रकरण : कारागारबाट छुटे पूर्वगृहमन्त्री खाण
फाइल तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण जेलमुक्त भएका छन् ।  

उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी आज छुटेका हुन् । 

खाणले आइतबार जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका थिए । त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो । 

शुद्धीकरण अनुसन्धान विभागले पनि खाणलाई १५ लाख धरौटीमा छाड्न आदेश दियो । उनले त्यसको पनि बैंक ग्यारेन्टी राखेका छन् ।  

खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा गत २७ वैशाखमा पक्राउ परेका थिए ।





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार १८:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया