फेरि बल्झिने भयाे पल शाहविरुद्धको मुद्दा, दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति

सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ । 

न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको यही मंसिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो । 

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो । 

पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले ०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरुको समूचित मूल्यांकन नगरिएको सर्वोच्चको ठहर छ ।





  • प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार १२:१९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया