एमालेनिकट जिफन्टको आरोप- सरकार सुतेकाले ३८ खर्ब रेमिट्यान्स हरायो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ७ लाखभन्दा बढी नेपाली नागरिक वैदेशिक रोजगारीमा जाँदा देशमा १२ खर्ब मात्र रेमिट्यान्स भित्रिएको दाबी गरेको छ । 

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिफन्टले सो दाबी गरेको हो ।​

जिफन्टले नेपालको वैदेशिक श्रम सम्बन्धबारे फ्याक्टसिट सार्वजनिक गर्दै ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स नेपाल भित्रिनुपर्नेमा १२ खर्ब मात्रै भित्रिएकोले ३८ खर्ब हराइरहेको उपाध्यक्ष एवं जिफन्ट विदेश विभाग प्रमुख रमेश बडालले बताए । 

जिफन्टले सार्वजनिक गरेको प्रतिवेदनमा यस आर्थिक वर्षमा ७ लाख ७१ हजार ३२७ नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा गएको उल्लेख छ । गत वर्षको तुलनामा २१.२ प्रतिशतले वृद्धि भएको भन्दै उनले हराइरहेको ३८ खर्ब खोज्नेतिर सरकार सुतिरहेकोले खबरदारी गर्नुपर्ने बताए । 

जिफन्टले सरकारको विश्वास नहुँदा श्रमिकहरूले बिप्रेषण नपठाएको हुनसक्ने भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरे । प्रत्येक वर्ष प्रवासी श्रमिक सम्बन्धमा अध्ययन गरिएको तथ्याङ्क सार्वजनिक गर्ने गरेको जिफन्ट महासचिव लक्ष्मण शर्माले जानकारी दिए ।

जिफन्ट नेकपा (एमाले) निकट मानिएको मजदुर सङ्गठन हो । 
 





  • प्रकाशित मिति : पुस २, २०८० साेमबार ७:५०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया