वीरका निर्देशकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
      
न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज डा. पौडेललाई निर्देशक पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
      
सो मन्त्रालयले गत मंसिर १४ गते डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध डा. पौडेलले सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए । 





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार १९:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया