वायुसेवा निगमको आम्दानी दोब्बरभन्दा बढीले वृद्धि

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । 

महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव ०७७/७८ मा नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । 

आव ०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको आम्दानी आव २०७९/८० को प्रारम्भिक कूल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले गत तीन वर्षको आम्दानीमा एक सय १४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ ।
 
विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई जहाज उडानमा रहेका छन् । निगमसँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

साथै हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले उल्लेख गरेको छ ।





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार २१:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया