रघुजी पन्तको प्रश्न- नेपाली सेनाले आफ्नो लागि चाहिने गोलीगट्ठा र बारुद किन बनाउन सक्दैन ?

नेकपा एमालेका सांसद रघुजी पन्तले सेनाले आफ्नो लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद उत्पादन गर्न नसक्नुको कारण माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उनले नेपाली सेनाले विस्फोटक पदार्थ पनि छिमेकी देशको भर पर्नुपर्ने नेपाली सेनाको अवस्था हो भन्दै प्रश्न गरेका हुन् । 

उनले ढुंगा फोड्न पड्काउन, अरूको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । पन्तले बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था तोड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ ? भन्दै प्रश्न गरे । 

उनले भने, ‘हाम्रो त यही सेना हो, यो सेनाले आफ्नो लागि चाहिने न्यूनतम गोली गट्ठा र बारुद पनि अहिलेसम्म आफूले उत्पादन गर्न सक्दैन । अहिलेसम्म हाम्रो भौतिक योजना ढुंगा फोड्न पड्काउन, अरूको मुख हेरेर ताक्नुपर्ने हो ? त्यो अवस्था हो भने भोलि हामी साँच्चै शान्तिप्रिय देश छौँ जानु नपर्ला । कुनै बेला वारमा जानुपरे कति दिन थेग्छौँ हामीले हाम्रो गोली गट्ठाले । देश आत्मनिर्भर हुनुपर्दैन आफ्नो रक्षामा ? जाबो बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था तोड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ ?’





  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार १५:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया