सर्वोच्चका ६ जना न्यायाधीशले लिए शपथ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा नवनियुक्त ६ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका  छन् । 

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीशहरु सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई शपथ ग्रहण गराएका हुन् । 

न्याय परिषद्को सिफारिसमा परेका उनीहरूलाई संसदीय सुनुवाइपछि  राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सर्वोच्चको न्यायाधीश पदमा नियुक्ति गरेका थिए । 





  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार १६:२५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया