अफगानिस्तानमा १० लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको जोखिममा : डब्लूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अफगानिस्तानमा १० लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको चपेटामा परेको जनाएको छ ।

काबुलबाट प्रसारण हुने अफगानी समाचार च्यानल टोलो न्यूजका अनुसार डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले कुपोषणविरुद्ध लड्न अफगानिस्तानलाई १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।

उनले एक्स (ट्विटर) मा लेखेका छन्, ‘अफगानिस्तानको कुल जनसङ्ख्याको ३० प्रतिशतले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।’ 

अफगानिस्तानको तालिवानद्वारा नियुक्त सार्वजनिक स्वास्थ्य मन्त्रालयले देशमा कुपोषित आमा र बालबालिकाको सङ्ख्या विगतका वर्षहरूको तुलनामा केही बढेको जनाएको छ ।

इन्दिरा गान्धी बाल अस्पतालका चिकित्सकहरूका अनुसार अफगानिस्तानमा कुपोषित बालबालिकाको सङ्ख्या विगतका वर्षहरूको तुलनामा बढेको छ र जाडोयाममा २० देखि २५ कुपोषित बालबालिकाहरू अस्पताल आउने गरेका छन् । 

चिकित्सक अब्दुल गफूर रसूलीलाई उद्धृत गर्दै टोलो न्यूजले दिएको समाचार अनुसार ‘बालबालिकालाई कुपोषणको सामना गर्न नदिन’ सम्मानित परिवारले जन्मबीचको दूरी बढाउनुपर्छ र स्वास्थ्यसम्बन्धी सुधार गर्नुपर्छ, निर्देशिकाको पालना गर्नुपर्छ र हाम्रो समाजलाई गरिबीबाट बचाउनुपर्छ ।





  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार १५:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया