मिनेन्द्र रिजालको दाबी : शासन पद्धति पारदर्शी भए अर्थतन्त्र तत्काल माथि उठ्छ
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले देशको शासन पारदर्शी बनाउने बाटोमा लागे मुलुकको अर्थतन्त्र तत्काल माथि उठ्ने दाबी गरेका छन् ।

शुक्रबार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा. डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा उनले पछिल्लो ७ वर्षमा मुलुकको शासन कुशासनमा नाच्नु मुख्य समस्या भएको बताए । 

रिजालले सबै पूर्वाधार तयार हुँदा पनि नेपालको अर्थतन्त्र माथि जान नसक्नु देशको शासन कुशासनमा चल्नु भएको उल्लेख गरे । उनले मुलुकमा जनताले तिरेको कर र वैदेशिक ऋणलाई पारदर्शी बनाउन आवश्यक रहेको बताए । रिजालले अहिलेको अवस्थाको मुलुकको कुशासनको निरन्तरताले मुलुकको अर्थतन्त्र कही पुग्न नसक्ने बताए ।

उनले मुलुकको अर्थतन्त्र माथि उठे स्वदेशी तथा विदेशी लगानी सहजरूपमा आउने पनि बताए । रिजालले अर्थतन्त्र सबल बन्ने सबै आधारहरू बनेकाले  स्वदेशी तथा विदेशी लगानीकर्ता नेपालको विकासमा सहभागिता जनाउन सहजता हुने बताए । 






  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार १५:४०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया