दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । नेपाली बजारमा बितेको ६ दिनमा सुन तोलामा २ हजार रुपैयाँ बढेको छ । गत आइतबार तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ मा कारोबार भएको छापावाल सुन शुक्रबार कारोबार बन्द हुँदासम्म १ लाख १९ हजार ८०० रुपैयाँ कायम रहेको थियो । 

सोमबार १ लाख १७ हजार ८०० अर्थात आइतबारकै मूल्यमा कारोबार भएपनि भने मंगलबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै,बुधबार १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार हुँदा शुक्रबार भने १ लाख १९ हजार ८०० रुपैयाँ पुगेको हो । 

यसैबीच आइतबार १ हजार ४५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ । 
 





  • प्रकाशित मिति : पुस ७, २०८० शनिबार १२:४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया