एभर्टनविरुद्ध सिटीको सानदार पुनरागमन जित, उक्लियो चौथो स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ गोल अन्तरले हराएको छ । सिटीले पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै पुनरागमन जित निकालेको हो ।

गएराति सम्पन्न खेलमा सिटीको जितमा फिल फोडेन, जुलियन अल्भारेज र बेर्नार्डो सिल्भाले समान एक गोल गरे ।

त्यस्तै, एभर्टनका ज्याक हारिसनको नाममा एक गोल रह्यो ।  

यो जितपछि सिटीको १८ खेलमा ३७ अंक जोडेको छ । ऊ चौथो स्थानमा उक्लिएको छ । त्यस्तै, पराजित एभर्टनको १९ खेलबाट १६ अंक छ । ऊ लिगमा १७औँ स्थानमा छ ।
 






  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार ७:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया