भारतमा एक कारखानामा आगलागी : ६ को मृत्यु, ९ जना घाइते

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु एको छ । साथै अन्य ९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।   

राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । 

घटनाको विवरण दिनका लागि आफू आधिकारिक व्यक्ति नभएको जनाउँदै एक प्रहरी अधिकारीले भने, ‘हामीलाई करिब १ः१५ बजे फोन गरेर आगलागी भएको जानकारी आएको थियो । हामी आगो निभाउने उपकरणसहित घटनास्थलमा पुग्यौँ । आगो निभाइएको छ । छ जनाको शव फेला परेको छ ।’  

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकसंख्या थप हुनसक्ने उनले बताए । 





  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार १३:१७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया