गुफाभित्र झरना, पर्यटकको आकर्षण

ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल (पातले छाँगो) को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ । 

जमिनको सतहबाट एकसय मिटर पानीका थोपाले स्नान गर्दै ओरालो झरेपछि गुफाभित्र फराकिलो स्थानमा प्राकृतिक शिलामा महादेवको आकृतिको दर्शन गर्न पाइन्छ । शिव भगवानलाई दाहिने पार्दै सानो प्वालबाट निहुरिएर एक सय मिटरको दुरीभित्र पुगेपछि त्यहाँ फराकिलो ठाउँ छ । 

पत्रैपत्रा परेका चट्टानमा विभिन्न देवदेवीका आकृति देखिनुका साथै सिद्धार्थराजमार्गको प्राकृतिक पुलमुनीबाट उभिएर देखिने डेभिजफल (पातले छाँगो) सँगै तलाउको दृश्यले यहाँ आउने पर्यटकलाई आनन्दित बनाउने गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिए । उनका अनुसार २०५० साल पुसको अन्तिम साता रासस क्षेत्रीय कार्यालय पोखरासहितको टिम गुफामा प्रवेश गरेर प्रचारप्रसार गरेदेखिनै यसको धार्मिक एवम् पर्यटकीय महत्त्व बढेको हो । 

उनले पछिल्लोसमय रेलिङबारसहित सिँढि भएको बाटोको व्यवस्थाले पर्यटकलाई आवतजावतमा सहज हुनुका साथै सुरक्षामासमेत ध्यान दिइएको उनले बताए । गुफाभित्र अवस्थित शिवको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ दर्शणार्थी पटकपटक यहाँ आउने गरेका बाँस्तोलाको भनाइ थियो । 

गुफा व्यवस्थापन समितिका सचिव हरिप्रसाद लम्सालका अनुसार गुफा अवलोकनमा क्रमिक रुपमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका जनाउँदै विशेष गरी बिदाका दिनमा बढी भिड लाग्ने गरेको बताए । उनका अनुसार प्रवेशका लागि विदेशीलाई एक सय, नेपालीलाई ५० र विद्यार्थीलाई ३५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।  





  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार १६:०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया