गृहमन्त्री श्रेष्ठ आफैं पुगेर छुटाए सिकेसहित जनमत पार्टीका नेता-कार्यकर्ता

‘धोती दिवस’ मनाउन माइतीघर मण्डला पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरूलाई छुटाउन गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं नेपाल प्रहरीकहाँ पुगेका छन् ।

दिवस मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला राउतसहित पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी तथा जनमत पार्टीका नेता कार्यक्रतालाई प्रहरीबाट छुटाउन गृहमन्त्री श्रेष्ठ आफैं नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेका हुन् । अहिले प्रहरीले पक्राउ परेकाहरूलाई छाडेको छ । 

ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो । माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।  





  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार १५:१८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया