प्रहरीबाट छुटेपछि सिके राउतले भने- सरकारले रंगभेदी विभेद गर्‍यो, मधेसी भनेर समातियो

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत)ले सरकारले मधेसीहरूलाई रंग विभेद गरेको आरोप लगाएका छन् । सोमबार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले आफूहरूले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्बाटै प्रहरीले आफूहरूलाई धरपकड गरेको बताए । उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै प्रश्नसमेत गरे । उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रस्तावका रूपमा लैजाने बताए । 

उनले मधेसी मलुकी मन्त्री भएकै कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीलाई पक्राउ गरेको बताए । उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ ? भन्दै प्रश्न गरे । रावतले मधेसी मूलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौती दिए । 

उनले भने, ‘यो देशमा कस्तो रंगभेद र विभेद छ भने मधेसी पार्टी त हो नि भनेर समातियो । अर्को कुनै मन्त्री समातेर देखाओस् । संयमता लिएको हो, उहाँहरूको दम्भ देखाएअनुसार देशभर आगो बल्थ्यो । आफ्नै सरकारले आफ्नै मन्त्री कतै पक्राउ गर्छ ?’ 





  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार १६:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया