दक्षिण कोरियामा विपक्षी नेताको घाँटीमा चक्कु प्रहार

दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ । प्रस्तावित विमानस्थलको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनका क्रममालीजे–म्युङमाथि उनीमाथि चक्कु प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

उनको घाँटीको देब्रे भागमा चक्कु प्रहार भएको र उनको उपचार जारी रहेको जनाइएको छ । ​आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरेर कोरिया प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  

ली सन् २०२२ को राष्ट्रपतको निर्वाचनमा राष्ट्रपति युन सुक येओलसँग थोरै मतान्तरले हारेका थिए । 
 
 





  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार ९:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया