रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु

रुसी सेनामा भर्ना भएका थप तीनजना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको मृत्यु भएको सूचना आफूहरुलाई प्राप्त भएको बताए ।

मृत्यु हुने स्याङ्जाका हरिप्रसाद अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको रहेका छन् ।

योसँगै रुसी सेनामा भर्ना भई मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ । मृतकको नाम ठेगाना केहीबेरमा सार्वजनिक गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार १८:५८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया