सेयर लगानीकर्ताको आन्दोलन फिर्ता, अर्थमन्त्रीलाई कारबाही गर्न माग

काठमाडौं– आन्दोलनरत सेयर लगानीकर्ताको समूहले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ । पुँजी बजार विस्तार र विकासको माग राख्दै आन्दोलनमा उत्रिएको समूहले अर्थमन्त्री डा. युवराज खतिवडालाई कारबाही गर्न प्रधानमन्त्री केपी ओलीसमक्ष माग गरेको छ ।

अर्थमन्त्रीका कारण सेयर बजार धरासायी भएको आरोप लगाउँदै समूहले नेपाल धितोपत्र बोर्डको कार्यालयमा तालाबन्दी, धर्ना, प्रदर्शनलगायत गतिविधि गर्दै आएको छ । मंगलबार नेप्से कार्यालय घेराउ गर्न पुगेको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएर एक घन्टापछि छाडेको थियो ।

अर्थमन्त्री खतिवडा, मन्त्री खतिवडाका ज्वाइँ रामशरण खरेल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी र नेप्सेका सिइओ चन्द्रसिंह साउदलगायतले पुँजी बजार सुधार्न माग गर्ने लगानीकर्तालाई दमन गर्न खोजेको भन्दै उनीहरूलाई कारबाही गर्न समूहले माग गरेको छ ।

आफूहरूले दुई महिनाअघिदेखि आन्दोलन गर्दै आएको र आसन्न लगानी सम्मेलन बिथोल्ने आफूहरूको कुनै अभिप्रायः नरहेको प्रष्टीकरण समूहले दिएको छ । 





  • प्रकाशित मिति : चैत १३, २०७५ बुधबार १४:३८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया