टी–२० आईमा सर्वाधिक रन बनाउने पाँच नेपाली क्रिकेटर

पछिल्लो एक वर्षयता नेपाली क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । सोही कारण नेपालले एसिया कप खेल्नुका साथै आइसिसी टी–२० विश्वकपमा स्थान बनायो ।

नेपालको यो उपलब्धिमा ब्याटरको भूमिका पनि अहम् रह्यो । यसैबीच, आज यस सामग्रीमा नेपालका लागि टी–२० आईमा सर्वाधिक रन बनाउने पाँच ब्याटरको चर्चा गर्दैछौँ :

यो सूचीको शीर्ष स्थानमा स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीको नाम आउँछ  । उनले अहिलेसम्म ५३ टी–२० आई खेलेका छन् । जसमा दीपेन्द्रले १४१.७७ को स्ट्राइक रेटमा सात अर्धशतक र एक शतकको मद्दतमा १ हजार ३४४ रन बनाएका छन् । यस ढाँचामा उनको उच्च स्कोर अविजित ११० रन हो । 

टी–२० आईमा सर्वाधिक रन बनाउने मामलामा दीपेन्द्रलाई ओपनिङ ब्याटर कुशल भुर्तेलले पछ्याइरहेका छन् । उनले हालसम्म २९ खेलमा सात अर्धशतक र एक शतकको सहयोगमा ९ सय १५ रन बनाएका छन् ।



टी–२० आईमा कुशलको उच्च स्कोर अविजित १०४ रन हो । यस ढाँचामा उनले स्ट्राइक रेट १३२.०३ रहेको छ । 

यो सूचीको तेस्रो स्थानमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । उनले ४५ खेलमा १२०.२९ को स्ट्राइक रेटमा ८८३ रन बनाए । त्यसक्रममा ज्ञानेन्द्रले १२०.२९ को स्ट्राइक रेटमा दुई अर्धशतक र एक शतकीय पारी खेले । 



टी–२० मा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीको चौथो नम्बरमा अर्का पूर्वकप्तान पारस खड्काको नाम आउँछ ।

उनले आफ्नो टी–२० करियरमा ३२ खेलमा चार अर्धशतक र एक शतकको मद्दतमा ७९९ रन बनाए । यस प्रारूपमा पारसको स्ट्राइक रेटमा १२८.०४ रहेको छ ।

टी–२० आईमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा आसिफ शेखको नाम पाँचौं स्थानमा छ । उनले ३३ म्याच खेल्दा ११८.१४ को स्ट्राइक रेटमा ४ अर्धशतकको मद्दतमा ७ सय ८८ रन बनाएका छन् । 

  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार १३:३६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया