आरके शर्मा नेतृत्वको एनआरएनएमा २१ जना सल्लाहकार

आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएन)ले २१ जनाको सल्लाहकार समिति चयन गरेको छ । शर्माको अध्यक्षतामा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जनाको सल्लाहकार चयन गरेको हो । 

सल्लाहकारमा महेश श्रेष्ठ जापान, नारायण आचार्य, नेदरल्याण्ड, दुर्गा आचार्य अस्ट्रेलिया,नरेन्द्र भाट कतार, आनन्द विष्ट अमेरिका, विमल सुवेदी कतार, सुरेन्द्र नेपाल श्रेष्ठ युके, शशी पौडेल नेदरल्याण्ड, नारायण थापा अमेरिका, विष्णु सुवेदी अमेरिका, बुद्धि ओली क्यानडा, डा. विनोद शाह अमेरिका, नारायण कँडेल अमेरिका, पुष्प थापा जर्मनी, रोशन केसी जापान, सुवास जोशी बेल्जियम, मना थापा अफ्रिका, प्रेम गुरुङ बेल्जियम, चित्र सुवेदी बेल्जियम, नवराज (सन्नी) ओली कतार, डा. कृष्ण अर्याल नर्वे रहेका छन् ।  

यस्तै, बैठकले रिक्त रहेको क्षेत्रीय संयोजक पदमा पनि नियुक्त गरेको छ । ओसियनाको युवा सहसंयोजकमा विशाल पोखरेल, महिला सहसहसंयोजकमा मनीषा अर्याल उप्रेती, अफ्रिका क्षेत्रको क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट तथा महिला क्षेत्रीय  संयोजकमा  सरिता भट्ट पाण्डेलाई चयन गरेको शर्माले जानकारी दिए । 

यस्तै बैठकले विधान व्याख्या समितिमा ओमानका डिबी क्षेत्री, अनुशासन समितिमा कतारका नरेन्द्र भाट, न्यायिक समितिमा अफ्रिकाका हिम्मत थापालाई चयन गरेको छ । 

शर्माले अर्को बैठकले आइसीसी सदस्यका साथै विज्ञसहितको उच्चस्तरीय समिति गठन गर्ने जानकारी दिए ।  





  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार ७:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया