प्रधानमन्त्री कपका लागि दीपेन्द्रको कप्तानीमा पुलिस क्लबको टिम घोषणा
फाइल तस्बिर

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताका लागि नेपाल पुलिस क्लबको टिम घोषणा गरिएको छ । पुलिस क्लबले राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो । दीपेन्द्र केही समयको विश्रामपछि मैदान फर्किँदै छन् ।   

दीपेन्द्र गत कात्तिकमा घाइते भएका थिए । त्यसपछि यो बीचमा उनले घरेलु प्रतियोगिता खेलेनन् । दीपेन्द्र टिममा नहुँदा पनि पुलिसले हालै प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो ।

यद्यपि उनी नहुँदा पुलिसले अपेक्षाकृत ब्याटिङ भने गर्न सकेको थिएन । दीपेन्द्रको पुनरागमनपछि भने पुलिसको ब्याटिङ लाइन मजबुद बनेको छ । साथै, पुलिसको टिममा कुशल भुर्तेल पनि फर्किएका छन् ।  

हाल अस्ट्रेलियामा भए पनि कुशलले प्रधानमन्त्री कपको केही म्याच भने खेल्ने छन् । उनी केही दिनभित्र स्वदेश फर्किने तालिका छ । प्रधानमन्त्री कपका लागि पुलिसको क्लबमा युवा अलराउन्डर  गुलशन झा भने हुने छैनन् । उनी हाल आइसिसी यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिकामा छन् । पुलिसले प्रधानमन्त्री कपमा पहिलो खेल शनिबार बागमती प्रदेशविरुद्ध खेल्ने तालिका छ ।   

प्रधानमन्त्री कपका लागि पुलिसको टोली : दीपेन्द्र सिंह ऐरी (कप्तान), आरिफ शेख, करण केसी, कुशल भुर्तेल, अर्जुन साउद, दिलिप नाथ, अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राना, राशिद खान, ललित भण्डारी र रोशन बुढाल ।






  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार १९:४१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया