नेप्से परिसूचक ३१ दशमलव ६२ अंकले बढ्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ६२ अंकले बढेर दुई हजार एक सय २० दशमलव ६२ को विन्दुमा कायम भएको छ । 

आज तीन सय १४ कम्पनीको एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर ९४ हजार पाँच सय २६ पटक खरिद बिक्री हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय छ बराबरको कारोबार भएको छ । 

आज होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०१ र व्यापार समूह शून्य दशमलव ९४ अंकले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जनविद्युत समूह चार दशमलव ५८ र अन्य समूह दुई दशमलव ७७ प्रतिशतले बढेको छ ।

जलविद्युत समूहका पाँच कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, मध्यभोटेकोशी जनविद्युत कम्पनी लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने मेगा म्युचुअल फण्ड–१ को सेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ । 

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर सेयर ३५ करोड ६८ लाख ३८ हजार सात सय २० बराबरको १२ लाख ७४ हजार चार सय २४ कित्ता किनबेच भएको छ ।





  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार १५:५२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया