प्रधानमन्त्रीसँग रिसाए सिके राउत : सरकारबाट बाहिरिने, राष्ट्रिय सभामा छुट्टै उम्मेदवारी दिने

सिके राउत नेतृत्वकाे जनमत पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले एक सिट पनि नदिएपछि सिके राउत र प्रधानमन्त्री दाहालबीच खटपट सुरु भएको थियाे ।

प्रधानमन्त्रीसँगकाे खटपटका कारण आइबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष राउत सहभागी भएनन् । प्रधानमन्त्री दाहालले आफूहरूलाई बैठकमै नबोलाएको राउतकाे दाबी छ । 

बैठकमा सहभागी नभएपछि राष्ट्रिय सभाका उम्मेदवारलाई जिताउन 
सत्तागठबन्धनले गरेकाे संयुक्त अपिलमा पनि राउतले हस्ताक्षर गरेका छैनन् । उनले राष्ट्रिय सभामा आफ्नो किसिमले उम्मेदवारी दिने बताएका छन् । यो आफ्नो पार्टीको स्वतन्त्रताको विषय भएकाे उनकाे भनाइ छ । 

राउतले सरकार छाड्ने संकेत गरेपछि प्रधानमन्त्री दाहालले उनलाई छलफलका लागि बोलाएका छन् । उनले संघीयता खतरामा नपरोस् भनेर मात्र आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन् । 

वर्तमान सरकारमा जनमतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मवारी लिएकाे छ । साे मन्त्रालयको जिम्मवारी अनिता देवीले सम्हालेकी छिन् । 





  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार १८:४४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया