नेपाल एयरलाइन्सद्वारा ५३ करोड नाै लाख ऋण भुक्तानी

नेपाल एयरलाइन्सले दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ऋणको किस्ता भुक्तानी गरेको छ । एयरलाइन्सले उक्त जहाजहरू अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको हो । 
 
एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको  पुस महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी आइतबार जम्मा ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ रकम भुक्तानी गरेको हो । 

प्रवक्ता रमेश पौडेलका अनुसार वर्तमान नेतृत्वले निगमको व्यवस्थापन सम्हालेपछि ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६ सय ८७ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ । 





  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार २३:१०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया