रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीमा ट्रम्प अगाडि

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि प्रतिस्पर्धामा उत्रिने भएका छन् । उनी रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीको पहिलो दौडमा विजयी भएपछि सम्भावना बलियो बनेको हो । 

रिपब्लिकन पार्टीको पहिलो ककस सोमबार आयोवा राज्यमा आयोजना गरिएको थियो । ककसको नतिजामा ट्रम्प विजयी भएका हुन् । यो जितले जो बाइडेनले फेरि एकपटक डोनाल्ड ट्रम्पको चुनौती सामना गर्नुपर्ने अनुमानलाई थप बल पुगेको छ ।

आयोवामा १६०० भन्दा बढी ठाउँमा मतदान भएको थियो, जसमा ट्रम्प विजयी घोषित भएका हुन् । दक्षिण क्यारोलिनाका पूर्व गभर्नर निक्की हेली वा फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस दोस्रो स्थानमा रहने अपेक्षा गरिएको छ । आयोवापछि, न्यु ह्याम्पशायर, नेभाडा र साउथ क्यारोलिनामा पनि ककसहरू आयोजना हुनेछन् । 

अमेरिकामा दुई प्रमुख दलहरू डेमोक्रेट र रिपब्लिकन हुन् । राष्ट्रपतिको निर्वाचनअघि देशका प्रत्येक प्रदेशमा पार्टी उम्मेदवार छनोट गर्न दुवै दलले अन्तरदलीय मतदान गर्छन्, जसलाई ककस भनिन्छ । सबै प्रदेशमा मतदान भएपछि दुवै दलको राष्ट्रिय अधिवेशनमा मतदानमा विजयी उम्मेदवारलाई पार्टीको राष्ट्रपतिको उम्मेदवार घोषणा गरिन्छ ।

रिपब्लिकन पार्टीको पहिलो ककस आयोवा राज्यमा भएको थियो । यस ककसमा, रिपब्लिकन पार्टीका १६ सय भन्दा बढी समर्थकले गोप्य मतदान गरेका थिए ।

अब अन्य राज्यमा विभिन्न मितिमा यस्तै ककसहरू आयोजना गरिनेछ, त्यसपछि जुलाईमा रिपब्लिकन पार्टीको अधिवेशनमा राष्ट्रपति पदका उम्मेदवारको नाम आधिकारिक रूपमा घोषणा गरिनेछ ।





  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार १८:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया