गण्डकी मेडिकलमा परीक्षा सर्यो

कास्की– विद्यार्थीसँग गैरकानुनी रुपमा शुल्क लिएको आरोपमा विवादमा फँसेको गण्डकी मेडिकल कलेजमा एमबिबिएस विद्यार्थीको २१ चैतदेखि हुने भनिएको परीक्षा तीन सातापछि सरेको छ । यो परीक्षा सन् २०१६ को ब्याचका विद्यार्थीका लागि हुँदै थियो । 

त्रिभुवन विश्वविद्यालयले जारी असहज परिस्थितिका कारण यो परीक्षा सारेको हो । अब परीक्षा ८ वैशाखदेखि हुँदै छ । २६ चैतसम्म विद्यार्थीलाई फर्म भर्ने समयसीमा दिइएको छ । यसअघि १७ चैतसम्म फर्म भर्नु पर्ने भनिएको थियो । 

तर, आफूहरुसँग आवश्यकताभन्दा बढी पैसा असुल गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएपछि कलेजमा डेढ महिना अध्ययन ठप्प भएको थियो । ती विद्यार्थीलाई लिइएको गैरकानुनी रकम फिर्ता गर्ने कलेजले सहमति गरेको छ । यो सहमति भएलगत्तै गत आइतबारदेखि कलेज नियमित रुपमा खुल्न थालेको छ । 





  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार ७:५९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया