धनगढीमा ‘ग्रासरुट क्रिकेट विकास कार्यक्रम’ सञ्चालन हुने

कैलालीको धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच उपमहानगरपालिकाका दुई नमुना स्कुलमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको बताइएको छ ।  

नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनौटमा परेका धनगढी वडा नम्बर १२ स्थित श्री सिद्धनाथ मावि, जुगेडा र धनगढी वडा नम्बर १८ स्थित श्री चन्द्रोदय मावि, फुलबारीमा उक्त कार्यक्रम लागु हुने प्रमुख हमालले जानकारी दिए । 

नगरप्रमुख हमालले नमुना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘नयाँ प्रतिभालाई उत्पादन गर्ने उद्देश्यका साथ हामीले विगतदेखि नै धनगढीलाई क्रिकेटको शहरका रुपमा स्थापित गर्न अग्रसर भइरहनुभएका सुवास शाहीको टिमसँग क्रिकेट विकास कार्यक्रमको सम्झौता गरेका छौँ । यो नमुना स्कुलमा क्रिकेटको नर्सरी तयार गर्ने समझदारी हो । क्रमिक रूपमा अन्य विद्यालयमा यो कार्यक्रम लागु गर्दै जानेछौँ । यस कार्यक्रमले धनगढीलाई क्रिकेटको सहरका रूपमा स्थापित गर्ने अभियानलाई मुर्तरुप दिने विश्वास लिएको छु ।’

गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको बताए ।  





  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार २१:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया