वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप्ने तयारी

सरकारले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्ने तयारी गरेकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले यसबारे जानकारी दिएकी हुन् । 

सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको र केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापनमा आउने बताइन् । 

केही समयअघि स्वास्थ्यमन्त्री माेहनबहादुर बस्नेतकाे निर्देशनमा करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएको थियाे । यसबारे स्पष्टीकरण दिँदै सचिव देवकुमारी गुरागाईंले २२१ करारका कर्मचारीहरु कोरोनाका लागि मात्रै राखिएको बताइन् । उनीहरूलाइ गत साल नै निकाल्नुपर्नेमा मन्त्रालयले स्थायी दरबन्दी ल्याउन नसकेकाले राखिरहेको उनकाे भनाइ थियाे । 

अहिले दसैँअघिदेखि नै ३ सय जना स्वास्थ्य जनशक्ति लोकसेवाबाट सिफारिस भएर काम गरिरहेको उनले जानकारी दिइन् । '८३१ दरबन्दी मध्ये ५ सय जना नर्सिङको दरबन्दी थियो । त्यसमा हामीले ३ सयको लोकसेवाबाट सिफारिस गरेर उहाँहरु दसैँअघिदेखि काम गर्दै हुनुहुन्छ,' उनले भनिन्, '२३४ को विज्ञापन गइसक्यो । पद रिक्तको गरेर २६१ जनाको विज्ञापन गएको छ ।'

समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले करारका कर्मचारी निकालेर पुनः करारकै कर्मचारी किन राखियो भन्दै प्रश्न गरेकी थिइन् । स्थायी दरबन्दी सिर्जना गरेर करारका कर्मचारीलाई नै राख्नुपर्ने सांसद कार्कीकाे सुझाब थियाे । 





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १९:३६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया