हामीमाथि चौतर्फी आक्रमण भयो, यसमा सरकारसमेत संलग्न छ  ः अध्यक्ष लिङ्देन
‘कांग्रेस सांसद चन्द्र भण्डारीको भोगाइसमेत थाहा छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले फरक विचार र सिद्धान्त बोकेकै कारण आफूहरूमाथि चौतर्फी आक्रमण भएको बताएका छन् । 

मंगलबार विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाँसबारीका पूर्वसभापति स्वर्गीय नीलप्रसाद भण्डारीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘राष्ट्रियता र धार्मिक सहकार्यका लागि भावी मार्गचित्र’ कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले फरक विचार र सिद्धान्तकै कारण सरकारले समेत आफ्नो पिछा गरेको बताए । 

उनले भने, ‘मलाई कुनै अभियोग छैन । मैले समाजको कुनै पनि एकजनाजाई पीडा पुर्याएको भन्ने अभियोग छैन । मैले एक रुपैयाँ कहीँबाट लिएको भन्ने अभियोग पनि छैन । केवल आस्थाका आधारमा, फरक विचार भएका आधारमा हजारौँ मान्छे एकैसाथ आक्रमणमा उत्रिए । यसमा सरकार समेत संलग्न छ ।’ 
आफू दुईपटक कालको मुखबाट फर्किएर आएको बताउँदै उनले नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भोगाइसमेत आफूलाई थाहा भएको प्रतिक्रिया दिए । 

अध्यक्ष लिङ्देनले राजनीतिमा सबै मान्छे नराम्रा नहुने भन्दै राम्रा मान्छेको प्रवेशका कारण विकासको कामले विस्तारै गति लिरहेको बताए । 

धर्म र राजनीतिलाई सँगसँगै लैजानुपर्छ भन्ने मान्यतासाथ आफूहरू अघि बढिरहेको भन्दै उनले भने, ‘धर्म र राजनीति सँगसँगै लैजानुपर्छ भनेर हामीहरू लागिपरेका छौँ । कति मानिसहरूले धर्म र राजनीतिको कुरा गर्दा धर्ममा राजनीति घुसाए भनेर गाली गरिरहेका छन् ।’ धर्मविनाको राजनीति र राष्ट्रियता नहुने भन्दै उनले राजनीतिमा धर्म नहुँदा हालको परिणाम देखिइरहेको बताए ।





  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार १५:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया